गान्तोक: eविधायक एलबी दासले आज अटल सेतु पुलमा ‘वेल कम टु सिक्किम बोर्ड र सौन्दर्यीकरण परियोजनाको उद्घाटन गरे। रम्फू पञ्चायतद्वारा जडान गरिएको साइन बोर्डले सिक्किम राज्यको प्रवेशद्वारको दृश्य आकर्षण बढाउने लक्ष्य राखिएको छ।
कार्यक्रममा नगर पञ्चायत अध्यक्ष संजीव खाती, उपाध्यक्ष राधा प्रधान र पार्षदद्वय पिंकु प्रसाद र संजु मंगर लगायत अन्यहरू पनि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक दासले सिक्किमको प्रवेशद्वारको रूपमा रम्फूको पहिचान बढाउन यसको भूमिकालाई प्रकाश पार्दै नयाँ स्थापित साइन बोर्डको महत्त्वमाथि जोड दिए। उनले शहरलाई सुन्दर बनाउन र राज्यको प्रवेशद्वारको रूपमा यसको महत्त्वलाई सुदृढ पार्ने पहलको लागि रम्फू नगर पञ्चायतद्वारा गरिएको पहलको प्रशंसा गरे।









