राम्रो उपचारका लागि नर्सिङ होम पठाउने व्यवस्था गरे
सिलगढी: मेयर गौतम देब बङ्गरत्न पुरस्कार विजेता भारती घोषको घर गएर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
भारती घोष सिलगढीबट टेबल टेनिसमा एक उल्लेखनीय नाम हो।
उनले आफ्नो जीवनको अधिकांश समय टेबल टेनिस खेलेर बिताएका छन्। उनले आफ्नो खेलकुद जीवनमा धेरै अनुभव हासिल गरेका छन्।
यसै अनुभवबाट फाइदा उठाउँदै भारती घोषले देशलाई विशेष गरी बंगाललाई धेरै युवा टेबल टेनिस खेलाडीहरू उपहार दिएकी छन्। उनी बंगालमा टेबल टेनिसकी रानीको रूपमा चिनिन्छिन्। हाल उनकोा उमेर करिब ८३ वर्ष हो।
भारती हाल बिरामी छिन्। मेयर गौतम देब उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज उनक्काे घर पुगे। उनले परिवारका सदस्यहरुसँग उनीहरुको घरमा धेरैबेर कुरा गरे।
त्यसपछि उनलाई चिकास्ताको लागी सिलगढीको एक निजी नर्सिंग होममा भर्ना गरियाे। आज मेयरले भारती घोषकाे लागी, आफैंले एम्बुलेन्स बोलाए, डाक्टरसँग कुरा गरे र उनको लागि सबै व्यवस्था गरे।








