भिरबाट लड़ेर जयगाउँ निवासी श्रमिकको मृत्यु

IMG-20240716-WA0085

गान्तोक: दक्षिण सिक्किमको जोरथाङ थानाअन्तर्गत निम गाउँ ओम्चुमा एकजना श्रमिकको लड़ेर मृत्यु भएको घट्ना प्रकाशमा आएको छ। घट्ना हिजो अपराह्न साढे दुई बजीको हो। ४९ वर्षीय मृतक मूलतः पश्चिम बंगालको जयगाउँ निवासी रहेको जान्नमा आएको छ। उनी प्रधानमन्त्री ग्राम सड़क योजनाअन्तर्गत चेम्चेदेखि निम गाउँ हुँदै तिन्कीतामसम्म पुग्ने सड़क निर्माण कार्यमा श्रमिकको रुपमा काम गर्दै आएका थिए। दुर्घट्नास्थल यति भिरालो थियो कि पुलिसकर्मी र इण्डियन हिमालयन सेन्टर फर एडभेञ्चर एण्ड इको टुरिजम, चेम्चाका प्रशिक्षित पर्वतारोहीहरूलाई पनि शव उद्धार गर्न निक्कै गाह्रो परेको थियो। माथिबाट निरन्तर झरिरहेको ढुङ्गा र धुमिएको दिनको कारण उद्धार कार्य झनै कठिन भएको थियो। प्रतिकूल परिस्थितिको कारण साँझसम्म पनि शवलाई भिरबाट माथि निकाल्न नसक्दा आज बिहान मात्र शवलाई उद्धार गरिएको छ।

About Author

Advertisement