कोलकाता: बन्धन ब्यांकले आज तीन राज्यहरूमा ९ नयाँ शाखाहरूको उद्घाटनको घोषणा गरेको छ। तीमध्ये एउटा शाखा पश्चिम बङ्गालको कोलकातामा ६ शाखा उत्तर प्रदेशमा र २ शाखा महाराष्ट्रमा खोलिएको छ। पश्चिम बङ्गालको यो नयाँ शाखा कोलकाताको पोद्दार कोर्ट, ४३, विलियम केरी सरणीमा अवस्थित छ। बन्धन ब्यांकका प्रबन्ध निर्देशक तथा सीईओ पार्थ प्रतिम सेनगुप्ताले कोलकातामा यो नयाँ शाखाको उद्घाटन गरे। यस अवसरमा ब्यांकका अन्य वरिष्ठ अधिकारीहरू तथा स्थानीय गणमान्य व्यक्ति पनि उपस्थित थिए। साथै, उनले कार्यकारी निर्देशक राजिन्दर कुमार बब्बरको उपस्थितिमा डिजिटल माध्यमबाट अन्य ८ शाखाहरूको पनि उद्घाटन गरे। ब्यांकको यो विस्तार रणनीति अनुरूप नै भएको हो, जसले ब्यांकलाई विविधीकरणको साथ देशभर आफ्नो उपस्थिति मजबुत बनाउन मद्दत गर्नेछ। यी नयाँ शाखाहरूको शुभारम्भसँगै, ब्यांकले अब भारतभर ६३०० भन्दा बढी ब्यांकिङ आउटलेटहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ। हाल पश्चिम बङ्गालमा बन्धन ब्यांकका १७२० शाखाहरू सञ्चालनमा छन्।
यस अवसरमा, बन्धन ब्यांकका प्रबन्ध निर्देशक तथा सीईओ पार्थ प्रतिम सेनगुप्ताले भने, “हामीलाई तीन राज्यमा ९ नयाँ शाखाहरूको उद्घाटनको घोषणा गर्न पाउँदा खुशी लागेको छ, जसमा कोलकाताको यो शाखा पनि सामेल छ। हाम्रो शाखा सञ्जाल विस्तारले ग्राहकहरूलाई अझ सहज र प्रभावकारी सेवा उपलब्ध गराउनेछ। हामी निरन्तर आफ्नो वृद्धिको दिशामा अघि बढिरहेका छौं र नयाँ स्थानहरूमा आफ्नो पहुँच विस्तार गर्दै जानेछौं, जसले गर्दा अझ धेरै ग्राहकसम्म ब्यांकिङ सेवा पुर्याबउन सकियोस्। हाम्रो ध्यान ग्राहकहरूको बदलिंदो आवश्यकताअनुसार समाधान प्रदान गर्न केन्द्रित रहनेछ।” हाल, बन्धन ब्यांकले भारतका ३६ मध्ये ३५ राज्य र केन्द्रशासित प्रदेशहरूमा आफ्नो सेवा प्रदान गरिरहेको एक प्रेस विज्ञप्तिमा बताएको छ।










