राई खिमको हस्तान्तरण

IMG-20250220-WA0310

गान्तोक: पाँच माइल तादोङस्थित लुम्सेमा निर्माण भएको अखिल किराँत राई संघ, सिक्किमको मुख्यालय “राई खिम”-को आज आधिकारिक रूपमा हस्तान्तरण गरियो। यसको निम्ति राज्यका सम्पूर्ण किरावाहरूको पक्षबाट अखिल किराँत राई संघ, सिक्किमले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरेको छ। राज्यको भवन तथा आवास विभागीय अधिकारीहरू अनि अखिल किराँत राई संघ, सिक्किमका प्रतिनिधिहरूको उपस्थितिमा “राई खिम” हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यसको निम्ति संगठनको पक्षबाट राज्यको भवन तथा आवास विभागप्रति पनि आभार व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। आज राई खिममा आयोजित कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष मोहन दुङ्मालीले गरेका थिए। कार्यक्रममा संगठनका मूल सचिव आरके वालिङ, प्रचारप्रसार सचिव विष्णु चामलिङ, पूर्व जिल्लाका कोषाध्यक्ष जेके राई, अखिल किराँत राई संघ, सिक्किम युवा प्रकोष्ठका अध्यक्ष मोहन राणा साङ्पाङ, कार्यकारी सदस्यगणको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा भवन तथा आवास विभागको पक्षबाट एई टाशी छोपेल लेप्चा, मायाल्मित लेप्चा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement