गिताङ्गे चियाबारीमा‌ भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250219-WA0222

तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सत्रौं चरणको सांगठनिक सभा गिताङ्गे चियाबारीमा‌ सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता उदय छेत्रीले गरेका थिए भने सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले गरेका थिए। उक्त भागोप्रमो गिताङ्गे क्षेत्रका पदाधिकारीहरु र नारी, युवा, ट्रेडका पदाधिकारीहरु र स्थानीयहरुलाई लिएर सम्पन्न भएको छ। सभामा वक्ताहरुले भागोप्रमो पार्टीको सांगठनिक गतिविधि र पार्टीगत विषयमा चर्चा परिचर्चा गरेका थिए। सभामा विशेष गरेर गिताङ्गे क्षेत्रमा भागोप्रमो पार्टीलाई भविष्यमा अझ दह्रिलो बनाएर लाने विषयमा चर्चा परिचर्चा गरिएको छ। त्यसरी नै आगामी दिनमा फेरि सभा राखेर गिताङ्गेमा पार्टीगत कमिटीमा फेरबदल गरिने साथै क्षेत्रमा आउने सहुलियतहरु विषयमा जानकारी गराउने निर्णय गरिएको छ। गत १८ जनवरीदेखि शुरु भएको भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सांगठनिक सभाहरु अहिले पनि जारी रहेको छ भने आगामी दिनमा समष्टिकाे सबै बुथहरुमा सांगठनिक सभाहरु आयोजना गरिने भएको छ। आजको सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement