सिक्किम रुरल टुरिजम मीटलाई लिएर सभा

IMG-20250219-WA0250

गान्तोक: सिक्किम इन्सपायर्स परियोजाअन्तर्गत सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागद्वारा पश्चिम सिक्किमको उत्तरेमा आयोजना गरिने सिक्किम रुरल टुरिजम मिट २०२५को निम्ति चौथो समन्वय सभा तथा उत्सव आयोजनास्थलको भ्रमण सम्पन्न गरियो। सभालाई क्षेत्र विधायक तथा पर्यटन एवं नागरिक उड्डयन विभागका सल्लाहकार सुदेश कुमार सुब्बाले अध्यक्षता गरेका थिए। यस अवसरमा सिक्किम इन्सपायर्स परियोजनाका नोडल अफिसर नीरज प्रधान साथै स्थानीय जिल्ला पञ्चायत सदस्यहरू साथै पर्यटन एवं नागरिक उड्डयन विभागका अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
आगामी पर्यटन उत्सवमा सिक्किममा ग्रामीण पर्यटनको क्षमता र सम्भावनाको प्रदर्शनी गरिने भएको छ।

About Author

Advertisement