मन्त्री उप्रेतीद्वारा सहकारी टक शो-को शुरु

IMG-20250218-WA0293

पाकिम: सिक्किम सरकारका ग्रामीण विकास तथा सहकारी विभागका मन्त्री अरुण उप्रेतीले आज आसमलिङजेस्थित सिकोनमा आयोजित टक शो-को शुरु गरे। मन्त्री उप्रेतीले यस नयाँ अवधारणा शुरु गर्ने पहलको खुलेर सराहना गरे। सिकोनका अद्यक्ष लगायत अधिकारीहरुको टोलीले गरेको यस कार्यको प्रशंसा गर्दै सरकारको सहकारी कार्ययोजनाहरूलाई स्थानीय जनसमुदायहरूसँग जोडन लाभ पुग्ने उल्लेख गरे। सहकारी अधिकारीहरु, विज्ञहरू र सरोकारवालाहरूलाई बोलाएर टक शोले सहकारी कार्ययोजनाबारे जानकारी गराउने लक्ष्य राखिएको जानकारी मन्त्रीले गराए। अध्यक्ष डा. मंगलजीत राईले यस टक शोले सहकारी आन्दोलन र यसका मुख्य मूल्यहरूलाई सक्रियता दिनमा मदत पुऱ्याउने उल्लेख गरे। आत्मनिर्भरता, पारस्परिक सहयोग र सामाजिक उत्तरदायित्वकोबारेमा जागरूकता बढाउन सक्ने कुरामा प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement