गेजिङमा जफ्त गरेको नशालु पदार्थहरु नष्ट गरिए

IMG-20250218-WA0296

गान्तोक: गेजिङ जिल्लाको जिल्लास्तरीय डिस्पोजल समितिद्वारा पुलिसले जफ्त गरिएका लागुऔषधहरु आज नष्ट गरियो। गेजिङ जिल्लाका पुलिस अधीक्षक छिरिङ शेर्पाको निर्देशनमा तथा साथै सरकारको नियमअनुसार जिल्ला स्तरीय समितिले नष्ट गर्ने आदेश गरेको थियो। उक्त कार्य गेजिङ जिल्ला अस्पतालमा सम्पन्न भयो। यस कार्यक्रममा महकुमा अधिकारी पुलकित बल्हारा,एसडीपीओ केशाङ डी. भोटिया, लाक्पा साङगे शेर्पा लगायत अन्य सम्वन्धित अधिकारीहरू पनि सामेल रहेका थिए। गेजिङ जिल्लाअन्तर्गत विभिन्न थानामा दर्ता भएका मुद्दासँग सम्बन्धित लागुऔषधिहरूको सूची जिल्ला तथा सत्र न्यायालय गेजिङबाट प्राप्त भएपछि जिल्ला न्यायालयको अनुमति लिएर नष्ट गरिएको हो। आज नष्ट गरिएका लागु पदार्थहरूमा १४४ स्पासमो प्रोक्सिवन क्याप्सुल, १६ वटा विन्सपास्मो फोर्ट क्याप्सुल ३९५ वटा एसपीएम पीआरएक्स क्याप्सुल, २२७ वटा विन्डलास विन्सपास्मो क्याप्सुल, २ ग्राम गाँजा, १२.८५ ग्राम ब्राउन सुगर र ३ बोतल कफ सिरप रहेको छ। सम्बन्धित मुद्दाहरूबारे न्यायलयबाट नष्ट गर्ने अनुमति प्राप्त भएपछि जफ्त गरिएको नशालु पदार्थ नष्ट गरिएको हो।

About Author

Advertisement