दार्जिलिङ: दार्जिलिङ पहाड़मा जीटीए चुनाव आगामी २६ जुनको दिन हुने भएको छ। आज दार्जिलिङ जिल्ला शासक कार्यालयमा भएको अल पार्टी मिटिङमा जीटीए चुनाव अथोरिटी एंव जलपाईगुडी डिभिजन कमिशन एआर बर्धानले पत्रकारहरूसित कुराकानी गर्दै जीटीए चुनावको नोटिफिकेशन आगामी २७ मईको दिन निस्कने र जीटीए चुनाव आगामी २६ जूनको दिन हुने अनि मत गणना २९ जूनको दिन हुने जानकारी गराएका छन्।