गुरु छेतार छोग्पा पूजा आरम्भ

IMG-20220524-WA0155.jpg

कालचिनी। अखिल भारतीय महायाण बौद्ध म्हाणीपा सङ्घको संस्थापक अध्यक्ष तथा बौद्ध धर्मगुरु ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोको ७१औँ जन्मदिनलाई लक्ष्य गर्दै गुरु छेतार छोग्पा पूजाको मेचपाड़ा ८ नम्बर स्थित पेमा छ्योई फेलिङ गुम्बा परिसरमा आजदेखि आरम्भ भएको छ।
आज प्रथम दिनको शुरुवातमा ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोलाई लामा समितिका सदस्यहरु औ श्रद्धालु उपासक उपासिकाहरुले बौद्ध धर्म परम्परा अनुसार पेमा छ्योई फेलिङ गुम्बामा स्वागत तथा सत्कारपूर्वक आसन गराएका थिए।

लामा संघका सदस्यहरु तथा गुरु छेतार छोग्पा पूजाको सभापति लामा बिजय लामा, सचिव लामा पेमा छिरिङ र कोषाध्यक्ष लामा कैलाश दोङले आजदेखि ग्रहजाप पूजा पूज्य रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोको उपस्थितिमा शुरु भएको र भोलि (बुधबार) गुरु छेतार छोग्पा पूजा सम्पन्न हुने र वाङ र प्रसाद औ भण्डारा वितरण पश्चात कार्यक्रमको समापन हुने गुरु छेतार छोग्पा आयोजक कमिटीको पक्षबाट बिजय लामा र पेमा छिरिङ लामाले जनाएका छन।
आज प्रथम दिनमा नै बौद्ध उपासक उपासिकाहरुको बाक्लो उपस्थिति रहेको थियो भने साँझ ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोको मुखारविन्दबाट प्रवचन हुने आयोजक कमिटीको सदस्यहरुले जनाएका छन।

About Author

Advertisement