मुख्यमन्त्री तामाङद्वारा दरापमा नवनिर्मित माङहिमको उद्घाटन

IMG-20250217-WA0217

गेजिङ: दरापमा निर्मित युमा माङ ध्यान केन्द्रको उद्घाटन सोमबार राज्यका मुख्यमन्त्री प्रेमसिँह तामाङको बाहुलीबाट गरियो। यस कार्यक्रममा सिकुम सियङ सेप्सिङ युमामाङ, क्षेत्र विधायक एवं मन्त्री भीमहाङ सुब्बा, बौद्ध धर्म गुरुहरुलगायत धेरै संख्यामा युमा अनुयायीहरुको उपस्तिथि थियो। १२ करोड ९० लाखको लागतमा निर्माण गरेको उक्त युमामाङ ध्यान केन्द्रको विधिवत उद्घाटन कार्यक्रममा आध्यात्मिक कार्यक्रम सम्पन्न गरियो। आयोजक समितिले मुख्य मन्त्री प्रेमसिँह तामाङलगायत क्षेत्र विधायक सुब्बालाई अभिनन्दन गरेको थियो। यसबीच सिक्किमका विभिन्न प्रान्त र शाखाका अनुयायीहरुले पनि मुख्यमन्त्रीलाई सम्मान जनाए। थकलुङसाम कुसिङ नितुम्लो अर्थात आफ्नो आत्मालाई चिनौं भन्ने भनाइलाई चरितार्थ पार्दै मुख्यमन्त्रीले युमामाङ साथै अनुयायीहरुलाई योगदानका लागि बताए। युमामाङ दर्शन अनुरूप निर्माण भएको यस आध्यात्मिक केन्द्रले आध्यात्मिक विकासमा मदत पुऱ्याएको उल्लेख गरे। सिक्किमका सबै जात-धर्मलाई सरकारको सहयोग सधैं रहेको बताए। सिक्किम राज्यमा एकता र भाइचाराको भावना दिनोंदिन बड़िरहेको बताउँदै सांस्कृतिक विविधता र सामाजिक भावनालाई प्रगाढ़ बनाउनमा सहयोग पुऱ्याउने सिक्किमका जनताको योगदान रहेको बताए। यो ध्यानकेन्द्र सिक्किमको एक ऐतिहासिक धरोहर रहेको बताउँदै तामाङले युमामाङको आशीर्वाद अनि सिक्किममे जनताको आशीर्वादले भवन निर्माण भएको बताए। सिक्रिमका हरेक नागरिकलाई समृद्धि र विकासको पथमा अघि बढाउने सरकारको लक्ष्य पूरा भएको दाबी पनि मुख्यमन्त्रीले सम्बोधनमा गरे। सम्पूर्ण जनताको विकास कार्यमा आफूलाई समर्पित गरेको बताउँदै सरकार सिक्किमे जनताको हितमा गम्भीर भएर अघि बड़ेको उल्लेख गरे। मुख्यमन्त्रीले युमामाङको गहन आत्मचिन्तनको कारण गुरु ज्ञानको आवश्यक्तालाई पूरा गर्ने साथै आत्मालाई चिन्न सहयोग मिल्ने बताए।

कार्यक्रममा भेला भएका भक्तजनलाई आध्यात्मिक ज्ञान् दिँदै आध्यात्मिक गुरु सिकुम सियङ सेपसिङ युमामाङले यो भवन आत्मालाई चिन्ने एक महत्त्वपूर्ण ठाउँ रहेको बताइन्। भक्तहरु माँझ उनले मानवरूपी जीवन प्राप्त हुनु धेरै कठिन रहेको र यसलाई सकारात्मक रूपमा लिनुपर्ने भन्दै जीवनमा रहिल्यै पनि हतास नहुने विचार राखिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement