युवा प्रकोष्ठ टोलीद्वारा भेल्लोरमा उपचारधीन रोगीहरूसँग भेट

IMG-20250217-WA0219

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा सिक्किमका गरीब बिरामीहरूलाई चिकित्सा सहयोग गर्ने कार्य निरन्तर भइरहेको छ। सिक्किम राज्यभित्र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका साथै आवश्यक परेकाहरूलाई सिलगढी लगायत अन्य उच्च अस्पतालहरूमा स्वास्थ्य जाँच गर्ने प्रक्रिया निरन्तर अघि बढिरहेको छ भने सरकारले भेल्लोरमा समेत सिक्किमेली बिरामीहरूको उपचार भइरहेको छ। भेल्लोरमा उपचाराधीन बिरामी र उनीहरूका अभिभावकसँग आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका राज्य युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तानसँग गएको एक टोलीले भेटघाट गरेका छन्। मुख्यमन्त्रीको निर्देशनपछि टोली बिरामीहरू भेट्न भेल्लोर पुगेका हुन्। उनीहरूले आवश्यक्तामा परेकाहरूलाई सहयोग गरे भने क्यान्सर लगायत अन्य रोगसँग जुझिरहेका सिक्किमेली बिरामीहरूलाई सम्माननीय मुख्यमन्त्रीको तर्फबाट स्वास्थ्य चिकित्साका लागि आर्थिक सहयोग उपलब्ध गराए। टोलीमा अध्यक्ष लाक्पा मोक्तान सहित मुख्यमन्त्रीका परामर्श चिकित्सक डा. सुवास तामाङ, किसान मोर्चाका संयोजक सोनाम भोटिया लगायत अन्य सामेल थिए।

About Author

Advertisement