हलद्वानी: मुख्य अतिथि केन्द्रीय गृहमन्त्री अमित शाबलले यहाँँ ३८औं राष्ट्रिय खेलहरूको समापन समारोहको अवसरमा भारत २०३६-मा हुने ओलम्पिक खेलहरूको आयोजन गर्न सम्पूर्ण रूपले तयार रहेको बताए। भारतीय ओलम्पिक संघ (आईओए)-की अध्यक्ष पीटी उषाले अघिल्लो आयोजक मेघालयका मुख्यमन्त्री कनराड संगमालाई ध्वज सुम्पिन अघि खेलहरूको समापनको घोषणा गरिन्। शाहले आफ्नो सम्बोधनमा २०३६-मा ओलम्पिकको आयोजनको निम्ति भारतको दावेदारीको कुरा अघि राख्दै भने, म आज यो भन्न सक्छु कि खेलकुदमा भारतको भविष्य धेरै उज्ज्वल छ। हामी २०३६-मा ओलम्पिकको आयोजन गर्न तयार छौं। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले शाहलाई स्मृति चिन्ह, शाल र फुलको गुच्छा दिएर स्वागत जनाए। शाहले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय खेल परिसरमा आयोजित समारोहमा भने, देव भूमि राष्ट्रिय खेलहरू मात्र नभए खेलहरूमा आफ्ना खेलाड़ीहरूका प्रदर्शन र खेलहरूको सफल आयोजनले गर्दा खेल भूमिमा बद्लिएको छ। राष्ट्रिय खेलहरूको अवधि बनिएको केही रेकर्डहरू अन्तर्राष्ट्रिय स्तरको रहेको मैले देखेको छु।
शाह र धामी बाहेक राष्ट्रिय खेलहरूको समापन समारोहमा केन्द्रीय खेल मन्त्री मनसुख माण्डविया, मेघालयका मुख्यमन्त्री करनाड संगमा, उत्तराखण्डकी खेल मन्त्री रेखा आर्य, दिग्गज महिला बक्सर एमसी मेरिकोम र ओलम्पिक पदक विजेता शूटर गगन नारंग पनि उपस्थित थिए। माण्डवियाले भने, उत्तराखण्डले यो केवल देव भूमि नभएर खेल भूमि पनि भएको पूरा देशलाई बतायो। खेलहरूको अवधि कुनै पनि खेलाड़ीलाई असुविधा नहोस् भन्ने राज्यले सुनिश्चित गऱ्यो। यो भारतको खेल केन्द्र बन्ने शुरुवात हो। आयोजन स्थलको क्षमता २५,००० रहेको छ अनि यो समारोहको अवधि दर्शकहरूले भरिएको थियो। माण्डवियाले भने, यो २०३६-सम्म भारतको ओलम्पिक खेलहरूमा शीर्ष १० देशहरूमा सामेल रहने शुरुवात हो। देशमा अहिले एउटा खेल पारिस्थितिकी तन्त्र छ। यो खेलसहित हरेक क्षेत्रमा अघि बढ़िरहेको छ। यस अवसरमा पीटी उषाले भनिन्, यात्रा यहीँ समाप्त हुँदैन। यो भारतीय खेलहरूको केवल एउटा शुरुवात हो। यहाँ राष्ट्रिय खेलहरूको शुरुवात २८ जनवरीमा भएको थियो, जसमा सेना खेल सम्वर्धन बोर्ड (एसएससीबी) जम्मा १२१ वटा पदक (६८ वटा स्वर्ण, २६ वटा रजत र २७ वटा काँस्य)-को साथ गत ६ वटा राष्ट्रिय खेलहरूमा पाँचौंपल्ट पदक तालिकाको शीर्षमा रह्यो। महाराष्ट्रले जम्मा १९८ वटा पदक जिते पनि सेनाले जति स्वर्ण जित्न सकेन। दोस्रो स्थानमा रहने यस राज्यले ५४ वटा स्वर्ण, ७१ वटा रजत र ७३ वटा काँस्य पदक जित्यो। यसरी तेस्रो स्थान हासिल गर्ने हरियाणाले ५३ वटा पदक (४८ वटा स्वर्ण, ४७ वटा रजत र ५८ वटा काँस्य) जित्यो। आयोजक उत्तराखण्ड २४ वटा स्वर्ण, ३५ वटा रजत र ४४ वटा काँस्य पदकको साथ जम्मा १०३ वटा पदकको साथ सातौं स्थानमा रह्यो।