व्यांकहरुले ग्रामीण आर्थिक विकासमा ध्यान दिनुपर्छः मुख्य सचिव

IMG-20250214-WA0249

गान्तोक: मुख्य सचिव आर तेलाङले ८२औं राज्यस्तरीय ब्याङ्कर समिति बैठकमा भाग लिए। बैठकमा विभिन्न विभागका सचिवहरू, वरिष्ठ अधिकारीहरू, भारतीय रिजर्व ब्यांकका अधिकारीहरु, स्टेट ब्यांक अफ इन्डियाका अधिकारीहरु र राज्यभरिका विभिन्न ब्यांकहरूका अधिकारीहरूको उपस्थिति थियो। मुख्य सचिव तेलाङले आफ्नो सम्बोधनमा सार्वजनिक क्षेत्रका ब्यांकहरू र स्वयं सहायता समूहहरूले राम्रो प्रदर्शन गरेकोमा प्रशंसा गरे। उनले विभिन्न ब्यांकहरूको कार्यबारेमा जानकारी गराउँदै आफ्नो लक्ष्य हासिल गर्न ब्यांकहरूलाई सल्लाह दिए। उनले ब्यांकहरूलाई सामुहिक प्रयास जरुरी हुने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने निर्देशन दिए। मुख्य सचिवले आजको बैठकले राज्यका ब्यांकहरूको कार्यप्रणालीमा सुधार ल्याउने आशा व्यक्त गरे। आरबीआईका संयोजक गदाधर रायले पावरपोइन्ट प्रस्तुतीकरण सत्रमार्फत त्रैमासिक बैठकमा पारित प्रस्तवबारे जानकारी गराउँदै सिक्किमका ब्यांकहरूको एजेन्डाबारे जानकारी गराए। यसबीच सरोकारवालाहरूबीचको अन्तरक्रियात्मक सत्रमा छलफल गरिएको थियो। बैठकले कृषि र सम्बद्ध गतिविधिहरूमा जोड़ दिँदै कृषकहरुका लागि किसान क्रेडिट कार्ड, पशुपालन र मत्स्यपालनबारे छलफल गरेको थियो। प्रधानमन्त्री विश्वकर्मा योजना, पीएम स्वनिधि योजना, पीएम मुद्रा योजनाको स्थिति. स्वयं सहायता समूहहरूको विकास, घरको लोन, शिक्षाको लोन, सामाजिक सुरक्षा योजनाहरूको स्थितिमाथि पनि समीक्षा गरियो। सिक्किममा वित्तीय साक्षरता केन्द्रहरूको विस्तारमाथि पनि बैठकले प्रमुखता दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement