दार्जिलिङ: भागोप्रमो र जीटीएले राज्य सरकारलसित मिलेर चियाबारी श्रमिकहरुले यसको विरोध गर्नुपर्छ भनी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सन्दीप लिम्बुले बताएका छन्। उनले आज एक भिडियो जारी गरेर स्थान्तरण निषेध गरिएको शरणार्थी बनाउनु खोज्ने पाँच डेसिमल पर्जा- पट्टालाई फेरि पनि बंगाल सरकार अनि जीटीए मिलेर जबर्जस्ती थमाउने कोशिष गरिन्दैछ भनी बताएका छन्। उनले यसलाई चियाबारीका जनताले नलिने अपिल गरेका छन्। गोरामुमो दार्जिलिङ ब्राञ्ज कमिटीको सचिव सन्दीप लिम्बुले भने, षड्यन्त्र गरेर ५ डेसिमल जमीनको पर्जा पट्टा दिएर किरायदार बनाउने प्रयास गर्दैछ। यसलाई सबैलाई अस्विकार गरिदिने निवेदन गर्दछौं। ५ डेसिमल पर्जा पट्टा स्थान्तरण निषेध गरिएको छ। त्यसैले सर्वे गर्न आउनेहरुलाई सर्वे गर्न नदिने साथै निवेदन छ।’
सन्दीप लिम्बुले अघि भने, गोरामुमो सदैव चियाबारी श्रमिकहरुको पक्षमा उँभिएका छौं। सबै जमीनको पट्टा दिने र बस्तीको जस्तै पट्टा दिन्छ भने मात्रै थाप्ने सबैलाई निवेदन छ।