दार्जीलिङ: ३ महिनायता वेतनविहीन १३१ जना कण्ट्रयाकचुअल कर्मचारीहरूले शहीद दुर्गा मल्ल जिल्ला अस्पताल दार्जिलिङ परिसर धरना शुरू गरेका छन्। ४ महिना लागिसक्दा पनि समयमा वेतन नपाएपछि बाध्य भएर शुरु गरिएको धर्ना वेतन नदिएसम्म जारी रहने अनु छेत्रीले बताइन्। वर्षेनी टेण्डर गरेर, वेतन वृद्धि गरेर नयाँ कर्मचारीहरू नियुक्ती गरिनु पर्ने कार्य नभएको र सालमा एकपल्ट पूजा बोनसको माग पनि उनले माग गरिन्। हरेक साल बोनसको निम्ति चिट्ठी लेखे पनि पाइएको छैन। यसपालि पनि बोनस नदिए दसैँ र तिहार नमनाएर अस्पतालमा नै धरनामा बस्ने उनले चेताउनी दिइन्।











