खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत पन्ध्रौं सांगठनिक सभा तीनधारेदेखि केही पर नयाँ कमानमा सम्पन्न भएको छ। उक्त सभालाई घैयाबारी तीन ग्राम पञ्चायतको पञ्चायत सदस्य अनिल तामाङले अध्यक्षता गरेका थिए भने सञ्चालन भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधानले सञ्चालन गरेका थिए। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, नयाँ कमान शाखाका सभापति राजेन तामाङ, जीटीए कर्मचारी संगठनबाट मिलन प्रधान, युवा शक्ति नयाँ कमानको सभापति सागर तामाङ र सभाध्यक्ष एंव पञ्चायत सदस्य अनिल तामाङ आदिले सम्बोधन गरेका थिए।गत १८ जनवरीदेखि शुरु भएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान जारी रहेको छ। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म पनि उपस्थित रहेका थिए। सभामा नयाँ कमानको दुईवटा गाउँलाई लिएर प्रशाखा कमिटी गठन गर्नलाई ठूलो गाउँको लागि सुरेन तामाङ र मनिता तामाङलाई अनि अर्को गाउँको लागि सुभम तामाङ र रञ्जित तामाङलाई संयोजकको रुपमा चयन गरिएको छ। संयोजकहरुले अब नयाँ कमानमा दुईवटा प्रशाखा कमिटी गठन गर्ने अभिभारा सुम्पिइएको छ। आजको सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधानले भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत पन्ध्रौं सभा नयाँ कमान बुथमा सम्पन्न भएको छ। सभामा वक्ताहरुले चियाबारीको विभिन्न समस्याहरु समाधान गर्नलाई कार्य गर्ने बताउँदै भागोप्रमो पार्टीको सांगठनिक गतिविधि र पार्टीगत विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान गत १८ जनवरीदेखि शुरु भएको र यो जारी रहेको छ अनि समष्टिकाे सबै बुथहरुमा आयोजना गरिने भएको जानकारी गराएका छन्।