खरसाङ बजारको एउटा गल्लीमा बाटोभरि मल मूत्र निस्केर मानिसहरु धेरै असुविधामा

IMG-20250213-WA0353

खरसाङ: खरसाङ बजार अन्तर्गत सुपर मार्केटदेखि गड्डी लाइन पस्ने गल्लीमा जमीनमुनि रहेको स्वेरेज प्रणालीबाट मल मूत्र सबै बाटोभरि भएको छ। स्थानीयहरुले बताए अनुसार यस्तो समस्या भएको 15-20 दिन भईसकेको छ। तर अहिलेसम्म पनि यस समस्याको समाधान गरिएको छैन। यस गल्लीमा तीनवटा ठाउँमा जमीनमुनिबाट लगिएको स्वरेज फुटेर सबै बाटोभरि फैलिएको छ। यसै गल्ली भएर हिँड्ने मानिसहरु साथै स्कुटी बाइटहरु यही मैलाबाट कुदाउनु परेकोले धेरै समस्या भईरहेको छ। यसरी जमीन फुटेर मल मूत्र बाहिर बाटोभरि छरिएकोले पूरै दुर्गन्ध फैलिएको छ। यसको साथै छेउछाउको रेस्टुरेन्टहरु पनि बन्द गरिने स्थितिमा देखिएको छ। केही दिनदेखि यो स्थिति यथावत् रहेको स्थानीयहरुले बताएका छन्। यसको साथै यो गल्ली भएर हिँड्ने मानिसहरुलाई दुर्गन्ध र मैलाले हिँड्न‌ धेरै असुविधा भईरहेको छ। यही मल मूत्र निस्केको नजिकमा‌ रहेको एउटा रेस्टुरेन्टको मालिक बिजय दर्नालले पत्रकारहरुलाई जानकारी गराए अनुसार यो मल‌-मूत्र निस्केर धेरै समस्या भएको छ।‌ यो १५-२० दिन भईसकेको छ। तर यसको समाधान गरिएको छैन। रेस्टुरेन्टको नजिक यस्तो दुर्गन्ध भएकोले ३-४ दिनदेखि दोकान पनि चलेको छैन र खानेकुरा सबै बिग्रेर गईरहेको बताएका छन्। उनले यसको लागि नगरपालिकामा गएर भनेको पनि र बिहान आएर नालाहरु सफा गरेर गएको तर मल मूत्र निस्केको चाहिँ समाधान नभएको गुनासो गरेका छन्। उनले सबैको तर्फबाट यसको चाढै समाधान गरिए सबैलाई राम्रो हुने बताएका छन्।

About Author

Advertisement