गुवाहटी: पूर्व नम्बर एक खेलाड़ी तथा दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले खुट्टाको मांसपेशीको चोटले गर्दा चीनमा हुने ब्याडमिण्टन एशिया मिश्रित टीम च्याम्पियनशीपबाट नाम फिर्ता लिएकी छन्। यो टुर्नामेण्ट ११-देखि १६ फरवरीसम्म किंगदाओमा खेलिनेछ। भारतीय खेलाड़ीहरूले अहिले गुवाहटीमा प्रशिक्षण शिविरमा हिस्सा लिइरहेका छन्। शिविरमा लक्ष्य सेन र एचएस प्रणयको साथमा सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको शीर्ष पुरुष युगल जोड़ीले पनि हिस्सा लिइरहेको छ। भारतले प्रतियोगिताको गत सत्रमा काँस्य पदक जितेको थियो। सिन्धूले भनेकी छन्, म भारी मनको साथ यो बताउन गइरहेकी छु कि म ब्याडमिण्टन एशिया मिश्रित टीम च्याम्पियनशीप २०२५-को निम्ति टीमसँग यात्रा गर्ने छुइनँ। ४ फरवरीमा गुवाहटीमा अभ्यासको अवधि मलाई खुट्टाको मांसपेशीमा पीढ़ा अनुभव भयो। आफ्नो देशको निम्ति खुट्टामा पट्टी लगाएर खेल्न पनि तयार थिएँ तर एमआरआई-मा चोट सोचे भन्दा अधिक गम्भीर रहेको पत्तो लाग्यो। सिन्धू बर्मिंघममा २०२२ कमनवेल्थ गेम्समा आफ्नो पहिलो महिला एकल स्वर्ण पदक जितेपछि चोटसँग जुझिरहेकी छन्। ब्याडमिण्टन एशिया मिश्रित टीम च्याम्पियनशीपमा भारत उपविजेता दक्षिण कोरिया र मकाऊसँग ग्रुप डी-मा रहेको छ । भारतले आफ्नो अभियानको शुरुवात १२ फरवरीमा मकाऊविरुद्ध गर्नेछ । त्यसपछि १३ फरवरीमा शक्तिशाली दक्षिण कोरियाविरुद्ध खेल रहेको छ।











