कप्तान रोहितको शतकले ईग्ल्याण्डविरुद्ध दोस्रो वनडे-मा भारतको ४ विकेटले जीत

IMG-20250209-WA0308

कटक: चीरपरिचित मिजासमा देखिने कप्तान रोहित शर्मा (११९ रन)-को शतकीय ईनिंग्सको सहायताले भारतले आइतवार खेलिएको दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ईंग्ल्याण्डलाई ४ विकेटले पराजित गरी ३ वटा म्याचको सीरीजमा २-० को अजेय बढ़त हासिल गऱ्यो। कटकको बाराबाती स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्ड ४९.५ ओभरमा ३०४ रन बनाएर अलआउट भयो। जवाफमा भारतले ४४.३ ओभरमै ६ विकेटमा ३०८ रन बनाएर म्याच र सीरीज दुवै आफ्नो नाम गऱ्यो। भारतलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै कप्तान रोहितले ९० बलमा १२ चौका र ७ वटा छक्काको साथ ११९ रन बनाए। यसबाहेक शुभमन गिलले ६०, श्रेयस अय्यरले ४४ र अक्षर पटेलले अविजित ४१ रनको योगदान दिए। लक्ष्यलाई खेदो गर्दै भारतलाई आज रोहित र गिलको ओपनिंग जोड़ीले असल शुरुवात दिलायो। यी दुईले पहिलो विकेटको निम्ति १६.४ ओभरमा १३६ रनको पार्टनरशीप गरेर टोलीलाई असल मञ्च प्रदान गरे। त्यसपछि रोहितले असाधारण ब्याटिंग गर्दै आफ्नो ३१औं वनडे शतक पूरा गरे। रोहित आउट भएपछि श्रेयस र अक्षरले मिलेर भारतलाई ३३ बल बाँकी रहँदै जीत दिलाए। गिलले ५२ बल खेलेर ९ वटा चौका र एउटा छक्का लगाए। शतकको साथ आलोचकहरूलाई उचित जवाफ दिने रोहितले प्लेयर अव् द म्याच-को पुरस्कार जिते।
यसअघि पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्ड ४९.५ ओभरमा ३०४ रन बनाएर अलआउट भयो। ईंग्ल्याण्डको निम्ति बेन डकेट (६५) र जो रुट (६९)-ले अर्द्धशतक बनाए। भारतीय बलरहरूमा रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए। ईंग्ल्याण्डलाई लगातार दोस्रो म्याचमा फिल सल्टर डकेटको ओपनिंग जोड़ीले आक्रामक शुरुवात दिलायो। यी दुईले पहिलो विकेटको निम्ति ६५ बलमा ८१ रनको पार्टनरशीप गरे। स्पिनर वरुण चक्रवर्तीले सल्टलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े, जसले २९ बलमा २६ रन बनाए। त्यसपछि डकेटले अनुभवी रुटसँग मिलेर स्कोर १०२ रनसम्म पुऱ्याए। यसरी डकेटले ५६ बल खेलेर ६५ रन बनाए। उनले १० वटा चौका लगाए। दोस्रो विकेटको पतनपछि रुटले ह्यारी ब्रूक (३१ रन)-सँग मिलेर ६६ रन जोड़े। त्यहाँबाट रुटले कप्तान जोस बटलर (३४) र लियाम लिविंगस्टोनसँग क्रमशः ५१ र २९ रनको ससाना पार्टनरशीप गरे। रुटले ७२ बल खेलेर ६ वटा चौकाको साथ ६९ रन बनाए। यसरी लिविंगस्टोनले ३२ बलमा ४१ रनको योगदान दिए। भारतीय बलरहरूले लगातार अन्तरालमा विकेट हासिल गर्दा ईंग्ल्याण्डले अन्तिम ओभरहरूमा द्रुत रन बनाउन सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement