सोरेङ: सोरेङ च्याखुङ समष्टिका विधायक आदित्य गोलेले क्षेत्रका शि क्षकहरुलाई शिक्षा र जीवन कौशलसम्बन्धी विभिन्न प्रकारका तालिम प्रदान गरेको छ। तालिमका मुख्य अवधारणा सारथी संगठनका संस्थापक तथा मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराजलेतयार पारेका हुन्। टाइटन कम्पनी लिमिटेडको सहयोगमा भएको कार्यक्रममा सोरेङ जिल्लाअन्तर्गत विभिन्न स्कूलका शिक्षकहरूको लागि तीन दिने तालिम दिएको हो। जसमा सोरेङ जिल्ला अन्तर्गतका निम्न र वरिष्ठ माध्यमिक विद्यालयहरूबाट कुल २८ शिक्षकहरूले तालिममा भाग लिएका छन्। प्रशिक्षणको पहिलो दिन स्वास्थ्य तथा कल्याण विषय़क मास्टर प्रशिक्षक प्रमिला शर्माले जीवन कौशल, खुशी रहने प्रकृति, समावेशी शिक्षा, तथा कक्षा कोठा व्यवस्थापनबारे जानकारी गराइन्। तालिमको दोस्रो दिन ग्रूपिङ गतिविधिमाथि छलफल भयो। मनोचिकित्सक डा. राजीव गुरुङले स्वास्थ्य जीवन र सचेतनामाथि प्रकाश पारेका थिए। लाक्पा डोमा डुक्पाले ध्यान सत्र सञ्चालन गरेका थिइन्। सत्रमा मानसिक स्वास्थ्य समस्याहरू र सारथी क्लबले तयार पारेका कार्यक्रमबारे जानकारी दिइएको थियो।











