नर्थइस्ट स्पोर्ट्स मीटमा सिक्किमको उल्लेखनीय उपलब्धी

IMG-20250209-WA0297

गान्तोक: बनारस हिन्दु विश्वविद्यालयको नर्थइस्ट स्टूडेन्ट एसोसिएशनको तत्वावधानमा स्थानीय जीमखाना ग्राउण्डमा आयोजित नर्थइस्ट स्पोर्ट्स मीट २०२५ मा सिक्किमका विद्यार्थीहरूले उल्लेखनीय प्रदर्शनी गरेका छन्। सिक्किमका विद्यालयहरूले फूटबल, भलीबल, ब्याडमिन्टन, टग अफ् वार र रिले रेसमा भाग लिएका थिए।
प्रतियोगितामा सिक्किमका विद्यार्थीहरू अन्तर राज्य पुरुष भलीबल टुर्नामेन्टमा विजेता बनेको छ भने महिला टग अफ् वारमा पनि विजयी बनेको छ। यसरी नै महिला रिले रेश, पुरुष टग अफ् वार र पुरुष फूटबल टुर्नामेन्टमा दोस्रो स्थान प्राप्त गरेका छन्।
खेलकुद कार्यक्रमअवधि सिक्किमका विद्यार्थीहरूले सिक्किमले राज्यप्राप्तीको ५०औं वर्षगाँठको अवसरमा विशेष ब्याजको लोकार्पण पनि गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement