४५ जना बिरामीलाई उपचारको निम्ति लगियो सिलगढ़ी

IMG-20250209-WA0299

गान्तोक: आर्थिक रुपमा कमोजर वर्गका बिरामीहरूको उपचारमा राज्य सरकारले विशेष प्राथमिकतासँग काम गरिरहेको छ। यसै क्रममा आज राज्य सरकारको पहलमा राज्यका ४५ जना बिरामीलाई उपचारको निम्ति सिलगढ़ीको उत्तर बङ्गाल मेडिकल, किन्स र नियोटिया अस्पताल पठाइएको छ जसमा ९ जना किड्नी र ३६ जना गल ब्लाडरमा पथरी (स्टोन) का बिरामी छन्। उल्लेखनीय छ, बिरामीहरूको यस उपचारको व्यवस्थापन सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको जन कल्याण प्रकोष्ठद्वारा गरिएको छ।
एसकेएम पार्टीद्वारा जारी प्रेस विज्ञप्तीमा जनलाइअनुसार प्रकोषठ्का सदस्यहरूले बिरामीहरूको उपचारमा कुनै कसर बाँकी राखेको छैन। यस पहलको उद्देश्य आर्थिक रुपमा कमजोर वर्गलाई सहजतासित स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको विज्ञप्तीमा थप उल्लेख गरिएको छ। जनकल्याण प्रकोष्ठका प्रमुख संयोजक मनोज लामा, योजना सल्लाहकार दिपेश भण्डारी, चिकित्सा संयोजक दिपक गौतम लगायत सिलगुडी को तीनवटा अस्पतालमा कार्यरत प्रकोष्ठका समन्वयक लिना राई, दिव्या पराजुली, रेनु गुरुङ अन्य सदस्यहरूले पनि बिरामीहरूको स्वास्थ्य व्यवस्थामा नियमित निगरानी राख्दै उपचार प्रक्रियालाई तीव्र गति दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement