ग्यालो थोन्डुपको निधनमा मुख्यमन्त्रीद्वारा शोक व्यक्त

IMG-20250209-WA0303

गान्तोक: बौद्ध धर्मगुरु १४ औं दलाई लामाका ज्येष्ठ भ्राता ग्यालो थोन्डुपको निधनमा मुख्यमन्त्रीले प्रेमसिँह तामाङले गहिरो दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्रीले दिवंगत आत्माको चिरशान्तिका लागि प्रार्थना गर्दै शोकाकुल परिवारमा समवेदना जाहेर गरेका छन्। १४ औं दलाई लामाका ज्येष्ठ भ्राता ग्यालो थोन्डुपको निधनमा शोक व्यक्त गर्दै उनले नागरिकहरुको कल्याणमा ठूलो योगदान पु-याएको उल्लेख गर्दै एक विशिष्ट व्यक्तित्वको सम्झना सधैँ गरिने बताएका छन्। स्वर्गीय थोन्डुपले देखाएको अटूट समर्पण र दयालु कार्यलाई सधैं सम्मानका साथ स्मरण गरिने बताए। मुख्यमन्त्री तामाङले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको प्रार्थना गरेका छन्।

About Author

Advertisement