ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ ब्लक कमिटी गठन

IMG-20250209-WA0273

खरसाङ: आज ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको सभा खरसाङको गोर्खा जनपुस्तकालयमा सम्पन्न भएको छ। उक्त सभामा समर्थन साथै खरसाङ ब्लक कमिटी गठन गरिने कार्यक्रम सम्पन्न भयो। उक्त सभा नोर्बु भोटियाको अध्यक्षतामा सम्पन्न भएकाे छ। सभामा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका‌ सेन्ट्रल वर्किङ कमिटीका नेतृत्ववर्गका विशेष उपस्थिति रहेका थिए। आज खरसाङ महकुमा अन्तर्गत मार्गरेटस होप अनि रिङटोङ‌बाट युवाहरुले पार्टीका शीर्ष नेतृत्वहरूको बाहुलीबाट पार्टीको‌ झण्डा ग्रहण गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समावेश भएका छन्।

विषेश गरी आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टका खरसाङ ब्लक कमिटीको गठन भएका छन्। खरसाङ खण्ड अन्तर्गत १४ वटा ग्राम पञ्चायतहरुबाट चुनेर खरसाङ ब्लक कमिटीमा २८ जनाको कोअर्डिनेसन् समिति बनिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement