खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी दुई ग्राम पञ्चायतको तीनधारे र रंगटङ्गमा स्थानीय र पर्यटकहरुका लागि भनेर राखिएको ‘वी लभ तीनधारे’ र ‘आई लभ रंगटङ्ग’ लेखेको बोर्ड असामाजिक कुतत्वहरुले भत्काईदिएको दिएका छन्। स्थानीय मानिसहरु र पर्यटकहरुका लागि निकै आकर्षणको केन्द्र बिन्दु बनेका यस्ता बोर्डहरुललाई भत्काउनु होइन तर संरक्षणको नितान्त आवश्यकता देखिएको छ।
आफ्नै क्षेत्रमा रहेका यस्ता सम्पत्तिहरु भत्काइएकोले भत्काउने मानिसहरूको मानसिकता प्रष्ट देखिएको छ। यी दुवै क्षेत्रमा राखिएको यस्ता बोर्डले स्थानीय मानिसहरुलाई आफ्नो क्षेत्रको माया र गौरव हुने बुझिएको छ। तर यसरी बल्ल बल्ल निर्माण गरिएको यस्ता राम्रा राम्रा कुराहरु कुन मानसिकताले भत्काएको होला सोच्ने विषय रहेको छ। तीनधारेको गोलाई पाखामा रहेको ‘वी लभ तीनधारे’ को बोर्डमा ‘टी’ र ‘आई’ नै छैन। यो क्षेत्रमा टाडा नजिकबाट मानिसहरु फोटो खिँचाउन आउने गरेको र तीनधारेको पहिचान बनेको थियो। यो क्षेत्र सेल्फी पोइन्ट नै बनेको थियो। तर अहिले दुईवटा अक्षर नै भत्काई दिएको छ जसले ‘वी लभ तीनधारे’ को शोभा नै बिगारि दिएको छ। त्यसरी नै ‘आई लभ रंगटङ्ग’ को बोर्डबाट पनि लभ लेखेको पाना नै भत्काई दिएको छ भने ‘टी’ अक्षर पनि क्षतिग्रस्त बनाएको छ। यसरी दुवै ठाउँको बोर्ड असामाजिक कुतत्वहरुले भत्काईदिएको कारणले शोभा नै बिगारिदिएको छ। यस्ता कुकार्यको सबैले विरोध गरेका छन्। आफ्नो क्षेत्रको यस्ता आकर्षणीय स्थानहरुको माया र संरक्षण गर्नु नितान्त आवश्यकता देखिएको छ।










