मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीको सफलता पार्टी सम्पन्न

IMG-20250209-WA0268

खरसाङ: मार्टियल आर्ट एण्ड फिटनेस अकादेमी खरसाङको अध्यक्ष सन्दीप प्रधानद्वारा आज एक विजय उत्सव आयोजित गरियो। सेन्सी सन्दीप प्रधान मार्शल आर्ट्स एण्ड फिटनेस एकेडेमी, खरसाङको मुख्य कार्यालयमा उक्त बिजय उत्सव पालन गरिएको जानकारी प्राप्त भएको छ। यो विजय उत्सव र सफलताको पार्टी पहिलो सिक्किम ओपन इन्टरनेशनल कराते च्याम्पियनशीपका सबै सहभागीहरूलाई उनीहरूको असल प्रदर्शनको लागि र विद्यार्थीहरूलाई बधाई दिन आयोजना गरिएको थियो। यस अवसरमा सबै विद्यार्थीहरुलाई प्रमाण पत्रहरु वितरण गरिएको थियो। यसै अवसरमा रेफ्री र जज परीक्षामा उत्तीर्ण भएका वरिष्ठ विद्यार्थी र प्रशिक्षकहरूलाई पनि मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीका अध्यक्षले सम्मान गरेका थिए।
उत्सवमा उपस्थित धेरै अभिभावकहरूले मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीको व्यवस्थापन र प्रशिक्षकहरूलाई धन्यवाद दिएका थिए। प्रशिक्षकहरूको समर्पण, प्रशिक्षण र समर्थनको लागि उनीहरूको नानीहरुलाई आत्मविश्वास र हरेक परिस्थितिको सामना गर्न सक्षम बनाएको भन्दै अभिभावकहरुले धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement