खरसाङ शेर्पा वेलफेयर एसोसिएसनका सदस्यहरुद्वारा क्षेत्रीय सभासद श्याम शेर्पासित भेटघाट

IMG-20250209-WA0264

खरसाङ: खरसाङ शेर्पा वेलफेयर एसोसिएसनका सदस्यहरुले क्षेत्रीय सभासद श्याम शेर्पासित भेटघाट गरेका छन्। आज शेर्पा वेलफेयर एसोसिएसनका सदस्यहरुले सभासद श्याम शेर्पासित उनको कार्यालयमा भेटघाट गरेका‌ छन्।
शेर्पा वेलफेयर एसोसिएसनककाे भेटघाट गर्ने उद्देश्य वर्तमानमा शेर्पा वेलफेयरले विभिन्न समाजिक कार्यहरु गर्दै आईरहेकाे र समाजिक कार्य गर्दा सदस्यहरुकाे पहिचानकाे लागि शेर्पा वेलफेयरकाे टी सर्ट बनाई दिने माग साथै अन्य धेरै विषयमा सर-सल्लाह साथै सुझावहरु लिएको बताइएको छ। शेर्पा वेलफेयर एसोसिएसनकाे वर्तमान सभापति लाक्पा शेर्पा अनि सचिव सनी शेर्पाले जानकारी गराए अनुसार शेर्पा वेलफेयर युवा, सरकारी अवकाशप्राप्त कर्मचारी साथै नारीहरुद्वारा सामाजिक कार्य अनि समाज उत्थान र कसैलाई परि आएको समस्या अनि दु:ख बिरामीमा सहयोग गर्नुकाे लागि बनेको संस्था हाे। उक्त संस्थाका सदस्यहरुले महिनामा १०० रुपियाँ अनि अवकाशप्राप्त सरकारी कर्मचारीहरुबाट २०० रुपियाँ उठाउने गरिन्छ र उठेको रकम समाजिक कार्य गरिन्छ। यस संस्थामा ५० भन्दा ज्यादा सदस्यहरु रहेका छन। दुवैले बताए अनुसार आज हामीले क्षेत्रीय सभासद श्याम शेर्पासित भेटघाट गर्यौ अनि उनीबाट हामीले धेरै सुझावहरु पनि पायौं। हामीले जनहित र गाउँवासीहरुकाे हितकाे लागि कुन कुन क्षेत्रमा काम गर्न सक्छौं साथै हामीले सभासदलाई हाम्रो संस्थाकाे नाम भएको टि सर्टकाे लागि अनुरोध गरेको थियौं र सभासदले सहर्ष मानेका छन्।
आजको भेटघाट विषयमा सभासद श्याम शेर्पाले भने, ‘राम्रो राम्रो सामाजिक कार्य गर्दै आईरहेका शेर्पा वेलफेयरका सदस्य र पदाधिकारीगण आज मेरो कार्यालयमा भेटघाट गर्न आएका थिए।‌ उनीहरुकाे विचार सुने र मैले यस संस्थाले धेरै क्षेत्रमा काम गर्नु सक्ने बताए जस्तै स्वास्थ स्वास्थ शिविर, रक्त दान, पर्यावरण, सरसफाई, सचेतनामूलक शिविरहरु, नशालु पदार्थ राेकथाम, मानव तश्करी रोकथाम, बालश्रम रोकथाम, प्रदुषणमुक्त वातावरण , पोलिथिन र प्लास्टिकद्वारा हानी यस्तो धेरै क्षेत्रमा कनम गर्नु सक्ने सुझाव दिए।’
उनले अघि भने, ‘शेर्पा वेलफेयर संस्थामा धेरै खटेर काम गर्ने सदस्यहरु रहेको छ जो वर्तमानमा एउटा उदाहरण हाे कारण धेरैले वर्तमानमा सामाजिक कार्यहरु गर्नु छोडेकका‌ छन्। धेरै समाजहरु मरौ र विवहामा सराव लेख्ने कार्य मात्रै गर्छ अन्य सामाजिक कार्यमा शुन्य छ यो एकदमै सोचनीय विषय हाे।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement