आरजी कर दुष्कर्म-हत्या प्रकरण: ‘अभया’लाई न्याय दिलाउन सिलगढीमा निकालियो जुलुस

IMG-20250209-WA0225

 कोलकाता: आज आरजी कर मेडिकल कलेजमा भएको दुष्कर्म र हत्या प्रकरणकी पीडित “अभया” को जन्मदिन हो। आरजी कर पीडितलाई न्यायदिलाउन राज्यमा लामो लडाइँ लडियो। यस घटनामा एक जना दोषी ठहरिए पनि मानिसहरू सन्तुष्ट छैनन्। त्यसैले एसएफआई, डीवाईएफआई, एआईडीडब्ल्युए र बस्ती संगठनहरूले अभयाको न्यायको माग गर्दै सिलगढीमा जुलुस निकाले। न्यायको माग गर्दै सिलगढीमा निकालिएको जुलुसमा बाक्लो संख्यामा मानिसहरू सहभागी थिए। संस्थाको तर्फबाट डा सुवर्णा गोस्वामीले आरजी कर मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरको जन्मदिन भएको बताइन्। उनले भनिन्, ‘उनले अझै न्याय पाएका छैनन्। त्यसैले आज फेरि एकपटक सबैजना न्यायको माग गर्दै एकजुट भएका छन्। सबैजना चाहन्छन् कि यस मुद्दामा न्याय होस्।‘ –न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement