विकसित भारत @२०४७ माथि लोकसम्पर्क कार्यक्रम आयोजित

unnamed-3-4

गान्तोक: केन्द्रीय सञ्चार ब्यूरोद्वारा पीआइबी गान्तोकको सहयोगमा “एक पेड मा के नाम”, “स्वच्छता ही सेवा” र “नशामुक्त भारत” जस्ता विषय समेट्दै विकसित भारत@२०४७ माथि लोकसम्पर्क कार्यक्रम आयोजन गरियो। आकाशवाणी गान्तोकको आवासीय परिसरमा आयोजित यस कार्यक्रममा अवकाशप्राप्त वरिष्ठ आईआईएस अधिकारी सीके दोर्जी, मसला बोर्ड-आइसीआरआइ गान्तोकका वैज्ञानिक के के बोहोरा, समूह प्रमुख नीरज पाण्डे, अभियान्त्रिकी प्रकोष्ठका सहायक निर्देशक कमलकुमार श्रीवास्तव अनि सुदीष श्रीवास्तव, पीआईबीका सहायक निर्देशक एवं आकाशवाणीका समाचार सम्पादक मानसप्रतीम शर्मा, समाचार सम्पादक मैनाक च्याटर्जी, वरिष्ठ समाचार वाचिका ऊषा शर्मा, समाचार वाचिका वन्दना राई, अवकाशप्राप्त उद्घोषिका कल्पना बराइली, पत्रकार प्रकाश अधिकारी उपस्थित थिए।

यस अवसरमा चित्रकारिता, महिलाहरूका लागि आकर्षक म्युजिकल चेयर तथा खुल्ला हाजिरी जवाफ प्रतियोगिता पनि आयोजित गरिएको थियो भने विजेताहरूलाई गणमान्य अतिथिद्वारा पुरस्कृत गरियो। कार्यक्रममा सबैलाई सहभागी बन्न प्रोत्साहित गरियो। यसै क्रममा भारतीय वनस्पति सर्वेक्षणद्वारा प्रदान गरिएको पोडकोकार्पस नीरिफोलिया र आर्दिसिया माक्रोकार्पाको बिरुवा उक्त परिसरमा रोपियो। अवकाशप्राप्त अधिकारी दोर्जी अनि वैज्ञानिक बोराले आफ्नो सम्बोधनमा सीबीसी अनि पीआईबीद्वारा यस प्रकारको जनमुखी जागरूकता कार्यक्रम आयोजन गरेकोमा सराहना गर्दै जीवनमा स्वच्छता कायम गर्न महत्त्वपूर्ण रहेको बताए।

यसै गरी अन्य अतिथिले आफ्नो सम्बोधनमा नशालगायत अन्य दुर्व्यसनीबाट टाढा रहनका साथै विकसित भारतका लागि जीवनमा उच्च नैतिक मूल्य आत्मसात गर्न आवश्यक रहेको कुरामाथि बल दिए। कार्यक्रमको सञ्चालन मानसप्रतीम शर्माद्वारा गरियो। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजित गरियो। समूह प्रमुख नीरज पाण्डेले हिन्दी गीत गाए भने ऊषा शर्माले कविता वाचन गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement