क्राई एनजीओद्वारा रोहिणीमा शिक्षक दिवस पालन गर्दै सचेतना कार्यक्रम सम्पन्न

IMG-20220905-WA0148.jpg

खरसाङ: शिक्षक दिवसको अवसरमा क्राई एनजीओद्वारा रोहिणी चिया बगानमा शिक्षक दिवस पालन गरिएको छ। यस अवसरमा बाल बालिकाहरुले नृत्य, गीत प्रस्तुत गरेर सचेतनामूलक कार्यक्रमहरु प्रस्तुत गरेका छन्। क्राई एनजीओ कन्सल्टेन्ट शिक्षिका पूजा कालिकोटेले नानीहरूलाई सचेतना गराउँदै महिला जातिमा हुने मासिक धर्मको बारेमा कसरी जानकारी गराउँदै यसबाट कसरी स्वास्थ रहनु पर्ने विषयमा सिकाएका थिए।

उनले यस स्थितिमा लाज मान्नु पर्ने कुरा छैन तर यो एक प्राकृतिक प्रक्रिया हो भन्दै यसको बारेमा कुरा वा मासिक धर्म हुँदा कसरी आफ्नो स्वस्थ्यलाई ध्यान दिनुपर्ने जानकारी गराइन्। उनले यदि कुनै बालिकालाई महिनावारी सम्बन्धी कुनै पनि प्रकारको समस्या छ भने आफ्ना अभिभावक, साथी भाइ वा शिक्षिकाहरूसँग कुरा गर्नु पर्ने सुझाव राखिन्।

काक्यक्रममा शिक्षिका परीक्षा विश्वकर्मले प्रविधि र यसको महत्त्वबारे जानकारी गराएका थिए।

रोहिणी कोठी डाँड़ा प्राथमिक विद्यालयका शिक्षक सुन्दर राईले सम्पूर्ण एनजीओ टोली र चिया बगानका बाल बालिकाहरूलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement