नेपालका राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

o-Nepal-President-Indian-Army-Chief

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन्। पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई शीतल निवासमा आयोजना गरिएको एक कार्यक्रमबीच राष्ट्रपतिले महारथीको दर्जा प्रदान गरी सम्मान गरेकी हुन्। भ्रमणको सिलसिलामा भारतीय थल  सेनाध्यक्ष पाण्डे आइतबार काठमाण्डु आएका हुन्। उनी प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्l त्यस्तै सेनाप्रमुख पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुलाई भेट्ने कार्यतालिका रहेको छ।

About Author

Advertisement