कालेबुङ: राष्ट्रिय राजमार्ग १० अन्तर्गत बिरिक डाँडाबाट नाका चेकिङको अवधिमा ३ जनालाई नशालुपदार्थ सेवन गरेको आरोपमा रम्बी पुलिसले पक्राउ गरेको छ। कालेबुङ आईसीको उपस्थितिमा रम्बी र्याङ थाना ओसी ओङचुक लेप्चाले विशेष अभियान चलाएर यी तीन जना नशालु प्रदार्थ (ड्रग्स) बिक्रीको आरोपमा रम्बी पुलिसले पक्राउ गरेको छ। यी तीन जना र्याङ अनि रम्बी बजार निवासी वसन्त दर्जी, साहिल सुन्दास, अनि देवा माझी रहेको छ।यी ब्यक्तिहरुले धेरै दिनदेखि नशालु प्रदार्थ सेवनसँगै बिक्री गरिरहेको गुप्त सूचना पाएपछि रम्बी पुलिसले उनीहरुलाई पक्राउ गरेका हुन्। रम्बी पुलिसले ती नशालु प्रदार्थ बोक्ने गिरोहबाट ३२० वटा ड्राइक्लोमाईन हाईड्रोकोललाईड ट्रामाडोल क्यापसुलसँगै पक्राउ गरेको छ। स्मरण रहोस रम्बी र्याङ थाना प्रभारी ओसी ओङचुक लेप्चाको पहलमा यस भन्दा अघि पनि राजमार्ग दश क्षेत्रबाट नशालु प्रदार्थ सेवन गर्ने अनि बिक्री गर्नेरुलाई पक्राउ गरिसकेको छ। रम्बी पुलिसले नशालुप्रदार्थ बेचबिखान गर्ने विरुद्ध दैनिक नाका चेकिङ गरिरहेको छ।











