ईडीद्वारा राँचीको ६ ठाउँमा छापामारी

ED-3

नयाँ दिल्ली: निलम्बित आईएएस पूजा सिंघलविरुद्ध मनी लान्ड्रिंग मुद्दाको जाँच गरिरहेको ईडीको टोलीले आज झारखण्डको राजधानी रांचीमा ६ वटा ठाउँमा छापा मारेको छ। यति मात्र होइन अब यो घोटालाको राप बिहारमा पनि पुगेको छ। ईडीले बिहारको मुजफ्फरपुरमा पनि छापा मारेको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐनको फौजदारी दफाअन्तर्गत यो कारबाही भइरहेको छ। ४४ वर्षीय सिंघललाई मनरेगा कोषको कथित घोटाला र अन्य वित्तीय अनियमितताहरू सम्बन्धी मनी लान्ड्रिंग अनुसन्धानमा यस महिनाको शुरुमा झारखण्डको खुन्ती जिल्लामा ईडीले पक्राउ गरेको थियो। यसअघि सोमबार ईडीको टोलीले साहेबगञ्जका जिल्ला खनन अधिकारी विभूति कुमारलाई उनको राँचीको सर्कल कार्यालयमा सोधपुछ गरेको थियो। ईडीको टोलीले विभूति कुमारलाई पटकपटक समन पठाएका थिए, तर उनले इडीको समनलाई अस्वीकार गर्दै आफूबाट कुनै पनि प्रकारको सोधपुछका लागि समन नआएको सञ्चारमाध्यममा बयान दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement