याबा ट्याबलेटसहित २ जना पक्राउ

13-55-27-Capture1-19.png

सिलगढी: अधिक मात्रामा याबा ट्याबलेटसहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ। स्पेशल टास्क फोर्सले तिनीहरूलाई पक्राउ गरेका हुन्। आज तिनीहरूलाई जलपाइगढी अदालतमा पेश गऱ्यो। पक्राउ परेकाहरू मुर्शिदाबाद जिल्ला निवासी कुर्बान फराजी र महसीन शेखको रुपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा स्पेशल टास्क फोर्सले सिलगढी संलग्न जटियाकाली नजिक ३१ नम्बर राष्ट्रिय राजमार्गमा एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 3० हजार याबा ट्याबलेट उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त याबा ट्याबलेट डिमापुरबाट ल्याएर मुर्शिदाबाट लैजाने तिनीहरूको योजना रहेको थियो।

About Author

Advertisement