जल जीवन मिशनको बजेटीय परिव्यय बढाएर ₹६७,००० करोड बनाइयो

00-1-Budget-1
  • जल जीवन मिशनको विस्तार २०२८ सम्म
  • मिशनले आगामी ३ वर्षको अवधिमा शत प्रतिशत कभरेज हासिल गर्ने

नयाँ दिल्ली: केन्द्रीय वित्त एवं करपोरेट कार्यमन्त्री श्रीमती निर्मला सीतारमणले आज संसदमा केन्द्रीय बजेट २०२५-२६ पेश गर्दै जल जीवन मिशनको कूल बजेटीय परिव्यय बढाएर ₹६७,००० करोड बनाइएको जानकारी दिइन्। यो मिशन २०२८ सम्मका लागि विस्तार गरिएको पनि उनले बताइन्। भारतको ग्रामीण जनसंख्याको ८० प्रतिशत प्रतिनिधित्त्व गर्ने १५ करोड मानिसलाई २०१९ देखि जल जीवन मिशनबाट फाइदा पुगेको केन्द्रीय वित्त मन्त्रीले जानकारी दिइन्। यस मिशन अन्तर्गत कलबाट पिउने पानी उपलब्ध गराइने र आगामी तीन वर्षभित्र शत प्रतिशत जनमानसलाई कलबाट पिउने पानी उपलब्ध गराउने लक्ष्य रहेको पनि उनले अवगत गराइन्। यस मिशनको मुख्य ध्यान पूर्वाधारको गुणस्तर तथा “जन भागीदारी”को माध्यमद्वारा ग्रामीण क्षेत्रमा पाइपद्वारा पानी आपूर्ति योजनाको परिचालन एवं रखरखाउ (ओ एवं एम) माथि रहने पनि केन्दीय वित्त मन्त्रीले सूचित गरिन्। यसको वहनीयता अनि नागरिक केन्द्रित जल सेवा वितरण सुनिश्चित गर्नका लागि राज्य अनि केन्द्र शासित प्रदेशहरूसँग अलग सम्झौता ज्ञापनमा हस्ताक्षर गरिने पनि उनले जानकारी दिइन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement