सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: डीआर थापा

Chhetriya-Samachar-2

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले सिक्किम-दार्जिलिङ एकीकरण सम्भव नरहेको ठोकुवा गरेका छन्। भाजपाको केन्द्रिय समिति र सिक्किम प्रदेश समितिले यस मुद्दालाई समर्थन गर्दैन भनी उनले अडान स्पष्ट गरेका छन्।
सिक्किम-दार्जिलिङ एकीकरण मुद्दामाथि बोल्दै प्रदेश भाजपा अध्यक्ष डीआर थापाले वास्तवमा यो न्यूज नै नहुनुपर्ने हो भनी बताए। उनले सिक्किम र दार्जिलिङको आआफ्नै अस्तित्व रहेको उल्लेख गर्दै एक-दुई जनाले कुरा उठाउॅंदा मात्र यो मुद्दा अगाडि आएको बताए। उनले यो कुनै इस्यू नै होइन भन्दै यस विषयमाथि हामीले धेरै चर्चा गऱ्यौं भने जनमत बढ्न सक्ने सम्भावना व्यक्त गरे।अध्यक्ष थापाले भने, ‘एकीकरण हुने कुरै होइन। यो सम्भव नै छैन। भाजपाको केन्द्रिय समिति र सिक्किम प्रदेश समितिले यस मुद्दालाई समर्थन गर्दैन। यो विषयमा धेरै चर्चा पनि नगरौं।’ प्रदेश भाजपा अध्यक्षको हैसियतमा बोल्दै थापाले एकीकरण हुने छैन र हामी यसलाई हुन दिने छैनौं भनी स्पष्ट गरे। उनले सिक्किमेहरू यस्तो कुरामा लाग्न पनि नहुने आह्वान गरे।

About Author

Advertisement