२९ जनवरी पहाडको राजनैतिक इतिहासमा आविस्मरणीय दिन
मञ्जु: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का संस्थापक अध्यक्ष स्व० सुवास घिसिङको जन्म थलो मञ्जु क्षेत्र आज पहाडको राजनैतिक इतिहासमा एक आविस्मरणीय दिनको रुपमा कोरिएको छl अलग राज्य गोर्खाल्याण्डको मुद्दालाई भारतभरका नेपालीहरूको हृदयमा ढुङ्गामा खोपको अक्षर जस्तै बसाल्ने स्व. सुवास घिसिङलाई आज सबै राजनैतिक दलका नेताहरूले एकै मंचमा आएर श्रद्धाञ्जली अर्पण गरेl २९ जनवरी २०१४ मा सुवास घिसिङको देहावसान भएको थियोl आज उनको देहावसान भएको एक दशक पुरा भएको छl आज उनको पूण्यतिथिको अवसरमा सुवास घिसिङको जन्म थलो मञ्जुश्री पार्कमा (उनको देहावसानपछि सुवास घिसिङ स्मृति पार्क नामकरण) उनी साथै उनकी धर्मपत्नी स्व० धनमाया घिसिङको समाधि अनावरण गरियोl सुवास घिसिङको देहावासान भएको एक दशक पुग्दा आज उनको पुण्यतिथिको अवसरमा मञ्जुश्री पार्कमा उनको अनि उनकी धर्मपत्नी स्व. धनमाया घिसिङको समाधि अनावरण गरियोl

फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस्: सुवास घिसिङ र धनमाया घिसिङको समाधि अनावरण (फोटो फिचर)
आज उनको पूण्यतिथिको अवसरमा समाधि अनावरण कार्यक्रममा गोरामुमो र सुवास घिसिङसित फरक राजनैतिक विचारधारा राख्ने राजनैतिक दलका नेताहरु, राजनीतिज्ञ, बुद्धिजीवि र उनका समर्थकहरूको बाक्लो उपस्थिति थियोl यस अवसरमा गोरामुमो अध्यक्ष मन घिसिङ, वर्तमान पहाडका शासक दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)का अध्यक्ष तथा जीटीएका मुख्य कार्यपाल अनित थापा, भागोप्रमोका महासचिव अमर लामा, मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)का वरिष्ठ नेता तथा पश्चिम बङ्गालका पूर्वमन्त्री अशोक भट्टाचार्य, माकपाका वरिष्ठ नेता तथा राज्यसभाका पूर्व सांसद समान पाठक, हिल टीएमसीकी अध्यक्ष तथा राज्यसभाकी पूर्व सांसद शान्ता छेत्री, मिरिक नगरपालिकाका अध्यक्ष एल बी राई, गोर्खा राष्ट्रिय निर्माण मोर्चाका अध्यक्ष दावा पाख्रिन, जीटीएका पूर्व अध्यक्ष तथा वर्तमान सभासद बिनय तामाङ, डा महेन्द्र पी लामा एकै लहरमा बसेका थिएl पहाडको राजनीतिमा यस्तो दृश्य देख्न पाउनु दुर्लभ होl सुवास घिसिङका परिवारबाट दिपक घिसिङ र प्रकाश तामाङले समाधि अनावरण गरेl आफ्नो बाबु सुवास घिसिङ र धनमाया घिसिङलाई गोरामुमोका अध्यक्ष मन घिसिङले फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेl यसपछि सबैले एक एक गर्दै फूल माला अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरेरl दार्जीलिङका विधायक तथा गोरामुमोका सेक्रेटरी जेनरल निरज जिम्बाले फूलमाला चडाएर श्रद्धाञ्जली अर्पण गरेl आज यो कार्यक्रम राजनीतिदेखि निक्कै माथि उठेको थियोl सुवास घिसिङले राजनीति गर्ने एउटा जग्गा बनाइदिएको कुरा जीटीएका मुख्य कार्यपाल अनित थापाले बताएl माकपाका नेता अशोक भट्टाचार्यले भने, ‘सुवास घिसिङ पहाड र मदेशका लागि एकताको प्रतीक थिएl’ गोरामुमो अध्यक्ष मन घिसिङले सबैलाई धन्यवाद जनाएका छन्l