पार्थ च्याटर्जीको स्वस्थमा समस्या, निजी अस्पतालमा भर्ती

Partha-4col

काेलकाता:: पश्चिम बंगालका पूर्व शिक्षामन्त्री पार्थ च्यटर्जी एक निजी अस्पतालमा भर्ती भएका छन्।उनलाई गए मंगलवार राती मुकुन्दपुरको आर एन टेगोर अस्पतालमा भर्ती गरिएको छ। अदालतको आदेश अनुसार उनले आफ्नो उपचार खर्च आफै बेहोर्नुपर्नेछ।पार्थ च्यटर्जी पछिल्लो केही दिनदेखिको एसएसकेएम अस्पतालमा भर्ती भएका थिए, तर उनको गम्भीर स्थितिलाई मध्यनजर गर्दै तल्लो अदालतले उनलाई निजी अस्पतालमा उपचार गराउने निर्देश दियो। त्यसपछि गए मंगलवार साँझ कड़ा सुरक्षा व्यवस्थाबीच उनला एसएसकेएम अस्पतालदेखि एम्बुलेन्स मार्फत मुकुन्दपुरस्थित आर एन टेगोर अस्पतालमा लगियो जहाँ उनलाई डाक्टर सौरेनि पाञ्जाको निगरानीमा गहन चिकित्सा कक्षमा भर्ती गरिएको छ।यसपूर्व गत २२ जनवरीमा पार्थ च्यटर्जीका वकिलले अदालतमा याचिका दर्ता गरी बताएका थिए, उनको अवस्था गम्भीर छ र उनलाई जीवनरक्षक प्रणालीमा राखिएको छ। उनलाई निजी अस्पतालमा उपचार गर्ने अनुमति दिइयोस्। अदालतले यसमाथि संज्ञान लिँदै एसएसकेएम अस्पताल प्रशासनसित उनको स्वास्थ्य रिपोर्ट माग्यो जसाधारमा अदालतले उनलाई आर एन टेगोर अस्पतालमा राख्ने आदेश दियो। अदालतले यो पनि निर्देश दिो, अस्पतालमा उनको सुरक्षाको पूर्ण ख्याल राखियोस्।
गए मंगलवार राती अदालतको आदेशपछि कड़ा पुलिस सुरक्षाबीच च्यटर्जीलाई स्थानान्तरित गरियो। अस्पतालद्वारा बुधवार बताइएको छ, उनको अवस्था गम्भीर भएको छ। धेरै प्रकारका जाँचहरू आज गरिनेछ र उनको उपचारको निम्ति एक मेडिकल बोर्ड गठन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement