सिलगढी: एक युवकलाई सिलगढी पुलिसले बन्दुकसहित पक्राउ गरेको छ। पक्राउ पर्ने अभियुक्तको नाम खोकन महन्त रहेको बताइएको छ। पक्राउ परेका अभियुक्त शहरको चम्पासरीसँगै रहेको ढकनीकाटा क्षेत्रका बासिन्दा हुन्। मंगलबार राति प्रधान नगर थानाको पुलिसले विश्वदीप सिनेमा हलसँगैको क्षेत्रमा एक युवक हतियार लिएर घुमिरहेको सूचना पाएको थियो। जानकारी पाएपछि प्रधाननगर थानाको पुलिसले उक्त क्षेत्रमा छापा मारेको थियो। छापा मार्ने क्रममा प्रधाननगर थानाको पुलिसले अभियुक्त खोकनबाट एउटा बन्दुक र एउटा कारतुस बरामद गरेको छ। यसपछि पुलिसले आरोपीलाई पक्राउ गरेको थियो।










