चलचित्रको पोष्टर सार्वजनिक

IMG-20250125-WA0151

काठमाण्डौ(नेपाल): चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। नयाँ क्यारेक्टर सार्वजनिक गर्न निर्माणपक्षले पोस्टर ल्याएको हो। यसअघि सार्वजनिक तीनवटा पोस्टरमा नदेखिएका कलाकारलाई नयाँ पोस्टरमा छन्। पोस्टरमा बायाँबाट क्रमशः मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा र कमलमणि नेपाल लाई देख्न सकिन्छ।
फ्रन्टमा देखिएका पात्र सीताराम कट्टेल (धुर्मुस) हुन्। उनको यो गेटअपले उनी चलचित्रमा नेताको भूमिकामा रहेको प्रष्ट हुन्छ। उनलाई निर्माण टिमले पहिलोपटक सार्वजनिक गरेको हो। चलचित्र फरबरी २६मा रिलिज हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement