झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री

IMG-20250125-WA0150

झापा: यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो। “यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, किसानले धान बिक्री नै गरेनन्”, कार्यालय प्रमुख चुलमाया लोवाले भनिन, “किसानले सरकारले तोकेकोभन्दा बढी मूल्य बजारमै पाएपछि उतै बिक्री गरे, किसानलाई फाइदा नै भयो।” कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु. ३ हजार ५८० ६२ पैसा तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी रहेको प्रमुख लोवाले बताईन्।
सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दा यस वर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल रु. ४ हजारसम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका-४ का किसान पहलमान खड्काले बताए। गत वर्ष रु. ३ हजारदेखि रु. ३ हजार २०० सम्म बिक्री गर्नुभएका खड्काले आर्थिक रुपमा राहत पाएकामा खुसी व्यक्त गरे।

About Author

Advertisement