बिर्तामोड: गौरीगञ्जको साना किसान कृषि सहकारी संस्थामा रकम अपचलनको समाचार लेखेको बिषयलाई लिएर एक समूहले स्थानीय गौरिगन्ज दर्पणका सम्पादक मदन राजबशी मनप्रीत माथि हातपात गरेको बताइएको छ।
यस घटनालाई स्वतन्त्र पत्रकार संघ कोशी प्रदेश समितिका संयोजक देवेन्द्र किशोर ढुङगानाले एक प्रेस विज्ञप्ति जारी गरी घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन र पत्रकार राजवंशीसँगै खजुरगाछी साना किसान सहकारी पीडितहरुलाई न्याय दिलाउन माग गरेको छ।