अलिपुरद्वारमा पनि ‘द्वारे सरकार’ पुनः शुरु

Chhetriya-Samachar-1

अलिपुरद्वार: शुक्रबारदेखि अलिपुरद्वार जिल्लाका प्रत्येक ग्राम पञ्चायत क्षेत्रमा द्वारे सरकार शिविर शुरु भयो। कालचिनी ब्लकको लताबारी, गरोपडा लगायत ब्लकका विभिन्न पञ्चायतहरूमा द्वारे सरकार शिविर आयोजना गरिएको छ। यस शिविरमा आम जनताले लक्ष्मी भण्डार, स्वास्थ्य साथी, खाद्य साथी, जाति प्रमाणपत्र, कन्याश्री लगायत ३७ सरकारी योजनाहरूको लाभ पाउनेछन्। यसैबीच, कालचिनी चिया बगानमा द्वारे सरकार शिविर पनि स्थापना गरिएको छ। यस शिविरमा प्रशासनिक अधिकारीहरूका साथै क्षेत्रका तृणमूल नेता र कार्यकर्ताहरूले पनि भाग लिए र आम जनतालाई सहयोगको हात बढाए।

About Author

Advertisement