अल इण्डिया चिफ मिनिस्टर गोल्ड कप: चर्च बोइस यूनाइटेडलाई हराएर झापा एकादश, नेपाल बन्यो च्याम्पियन

IMG-20250121-WA0275

जोरथाङ: झापा एकादश, नेपाल यस वर्षको अल इण्डिया चिफ मिनिस्टर गोल्ड कप फूटबल च्याम्पियन बन्यो। जोरथाङ माघे मेलाको अवसरमा आयोजित १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्ड कप फूटबल टुर्नामेन्टको आज सम्पन्न फाइनस म्याचमा आफ्नै देशको चर्च बोइस यूनाइटेडलाई हराएर झापा एकादशले यो उपलब्धी हासिल गरेको हो। फूटबल प्रेमी दर्शकहरूले खचाखच भरिएको जोरथाङ मैदानमा खेलिएको फाइनल म्याचमा झापा एकादशले चर्च बोइस युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले परास्त गऱ्यो।


म्याचमा शुरुदेखि नै झापा एकादशले वर्चस्व कायम गरेको थियो। खेलको ४०औं मिनटमा प्रदीप बुड़ाथोकीले गोल गरेर झापा एकादशलाई एक गोलको अग्रता दिलायो। त्यसपछि चर्च बोइस यूनाइटेडले म्याचमा फर्किआउने केही प्रयास अवश्य गऱ्यो तर ती प्रयासहरू गोलमा परिनत नहुँदा पूर्वार्धको खेला एक-शुन्यको स्कोरमा समाप्त भयो। उत्तरार्धको खेलमा पनि झापा एकादशले आफ्नो आक्रमक खेललाई कायम राख्यो। फलस्वरुप अझै एक गोलको अजेय अग्रता प्राप्त गऱ्यो। झापा एकादशको निम्ति दोस्रो गोल सन्तोष खत्रीले गरे। टुर्नामेन्टको विजेता दललाई ट्रफीसँगै २० लाख अनि उप विजेतालाई १० लाख नगद पुरस्कार प्रदान गरियो।


आज वर्तमान विधायकहरू र पूर्व विधायकहरूबीट एउटा प्रदर्शनी म्याच पनि खेलिएको थियो जसमा वर्तमान विधायक टोली ० को विरुद्ध ६ गोलले वियजी बन्यो। वर्तमान विधायक दलको पक्षमा मन्त्री भीम हाङ् लिम्बू, मन्त्री राजु बस्नेत र विधायक लोकनाथ नेपालले २-२ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement