नयाँ सार्वजनिक भवनले आठ नम्बर वार्डवासीहरूमा जगायो नयाँ जोश र उर्जा    

00-1-Bhawan
  • खरसाङ नगरपालिकाको वार्ड नम्बर आठमा सार्वजनिक भवन उद्घाटन
  • हामी डिस्ट्रिकटिभ पोलिटिक्स छोडेर कन्स्ट्रक्टिभ पोलिटिक्सपट्टि लागेका छौं: अनित थापा

खरसाङ: खरसाङ नगरपालिकाको आठ नम्बर वार्डमा आज जीटीएका मुख्य कार्यपाल अनित थापाले नयाँ सार्वजनिक भवन उद्घाटन गरेl यस दौरान आठ नम्बर वार्डवासीहरू नयाँ जोश र नयाँ उर्जा देखियोl जीटीएद्वारा यो दुईतले सार्वजनिक निर्माण भएपछि आठ नम्बर वार्डवासीहरूको धेरै दिनदेखिको चाहना पुरा भएको छl वार्डवासीहरूको धेरै संघर्ष र लामो पर्खाइपछि यो भवन निर्माण हुनसकेको अनित थापाले आफ्नो भाषणमा बताएl उनले भने, ‘पहिला जमिनको लडाई थियो, जमिन नगरपालिकालाई अनुरोध गरेर पायो, त्यसपछि फण्डको लडाई थियो, फण्ड पनि आयो त्यसपछि काम शुरु भयोl त्यसपछि कोभिड पनि आयो- धेरै कुरा देखेको छ यो हललेl अन्तमा आएर राम्रोसित निर्माण भएको छl’

आज यो सार्वजनिक भवनको उद्धघाटन समारोहमा मुख्य अतिथि जीटीएका मुख्य कार्यपाल अनित थापा मुख्य अतिथि थिए भने चिम्नी देवराली समष्टिका सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधान साथै विभिन्न विभागीय अधिकारीहरू विशिष्ट अतिथिको रुपमा उपस्थित थिएl सुवास राईको अध्यक्षतामा सम्पन्न भएको अनि चित्रकला लामाद्वारा संचालित कार्यक्रममा अनित थापालाई वार्ड नम्बर आठको तर्फ र युवा वर्गबाट अभिनन्दन जनाइयोl

आफ्नो वक्तव्यमा अनित थापाले यस भावनलाई राम्रोसित संचालन गर्ने सबैलाई सुझाव दिएl सार्वजनिक भवनको आवश्यकताबारे कुरा गर्दै अहिले जनसंख्या घट्दै गइरहेकोबारेमा चिन्ता प्रकट गर्दै उनले यसप्रति सबैलाई सजग गराएl गाउँका बालबालिका, युवाहरूलाई यस भवनमा चेस, टेबल टेनिस, क्यारमहरू साथै अन्य सकारात्मक गतिविधिमा सक्रिय राख्ने सुझाव दिएl उनले यहाँ टेबल टेनिस र क्यारम बोर्ड पठाइदिने भएका छन्l यस भवनमा समाज विकासका कार्यहरु निरन्तर गरिरहनु पर्ने उनले आफ्नो भनाइ राखेl ‘शिक्षा शिक्षित हुनुको लागि लिइन्छ, शिक्षित भएपछि स्वनिर्भर हुनु होl हाम्रोमा कन्सेप्ट भिन्दै छ, मेरो सोंचमा बेकारी त बेकारीहरूको सोंच होl जसले कमै गर्दैन उनीहरूको सोंच हो, काम त अहिले पनि प्रशस्तै छ, तर हाम्रो हात नै चल्दैनl हामीले आफ्नो हात खुट्टा चलाउनु छोड्दाखेरि बेकरी भएका हौँ’, उनले भनेl सन् २०१७ अघिको खरसाङ र अहिलेको खरसाङलाई तुलनात्मक रुपमा हेर्नुपर्ने बताउँदै अनित थापाले भने, ‘आज यही खरसाङमा तीन वटा फाइभ स्टार होटल बनिएको छl धेरै लगानीकर्ताहरू आएl हाम्रै नानीहरूले काम पाउँदैछन्  त्यहाँl अहिले खरसाङमा पर्यटकको आगमन धेरै बढेको छl पर्यटकको आगमन बढ्दा यहाँको लोकल गाडी चल्छ, दोकानपाट चल्छ धेरै कुरा अघि बढेको हुन्छl हामी खरसाङमा राम्रो भन्दा राम्रो अस्पताल बनाउने प्रयासमा छौंl’ पानीको समस्या समाधानको लागि पनि दुई वटा ठुल्ठुला रिजर्भर बनिरहेको उनले बताएl समाज विकासकै कुरा गर्दै उनले भने, ‘हामी डिस्ट्रिकटिभ पोलिटिक्स (विध्वंसात्मक राजनीति) छोडेर कन्स्ट्रक्टिभ पोलिटिक्स (रचनात्मक राजनीति) पट्टि लागेका छौंl’ खरसाङमा प्रेसिडेन्सी क्याम्पस अब अन्तिम चरणमा पुगेको हुनाले यसले खरसाङलाई धेरै राम्रो हुने उनले बताएl

सभासद श्याम शेर्पाले यो सार्वजनिक भवन निर्माण धेरै कार्यहरूको लागि सुविधा हुने बताएl वर्तमानमा धेरै विकासमूलक कार्यहरू भइरहेको बताउँदै उनले पानीको समस्या समाधान गर्न कार्य भइरहेको उनले जानकारी दिएl नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानले नशालु पदार्थबाट सतर्क गराउँदै सबैले मिलेर यसलाई बन्द गर्नुपर्ने आहवान गरेl कार्यक्रममा पूर्वनगरपार्षद पेम्बा योञ्जन र डी बी लामाले पनि वार्ड नम्बर आठको पक्षबाट वक्तव्य प्रस्तुत गर्दै सार्वजनिक भवन निर्माणको लागि जीटीएका कार्यपाल अनित थापालाई आभार प्रकट गर्दै धन्यवाद जनाएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement