जोरथाङ माघे मेलामा ‘द क्रिएटिभ हब’ आगन्तुकहरूको आकर्षण बन्दै

Screenshot_20250119_224051_Google

नाम्ची: राज्य सूचना एवं जन सम्पर्क (आईपीआर) विभागले जोरथाङ माघे संक्रन्ति मेलालाई ध्यानमा राख्दै स्थानीय ग्रीन पार्कमा स्थापना गरेको ‘द क्रिएटिभ हब’ पनि आगन्तुकहरूका लागि एक आकर्षणको केन्द्र बनेको छ।
खानादेखि कलासम्म, फेसन र जीवनशैलीसम्मका स्टलहरू राखिएका यस हबले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चका कलाकारहरूको रचनात्मक कला प्रदर्शनी र कार्यशालालाई समर्थन गर्दछ।
यहॉं वरिष्ठ कलाकारहरूद्वारा खाली क्यानभसमा आफ्ना सिर्जनाहरूलाई जीवन्त रूप प्रदान गरिरहेको प्रत्यक्ष अनुभव लिन सकिन्छ। आईपीआर विभागले ‘द किएटिभ हब’ मा सबैलाई स्वागत जनाएको छ।

About Author

Advertisement