कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्रको भाजपाको सरकारलाई सीबीआई, ईडी जस्ता एजेन्सीहरूको लागि स्क्यानरमा लिइरहेकी छिन्। फेरि एक पटक मुख्यमन्त्री ममता ब्यानर्जीले एजेन्सीहरूको लागि केन्द्रलाई निशाना बनाउँदै भनिन्, ‘केन्द्र सरकारले एजेन्सी नियमलाई खारेज गरी यी एजेन्सीहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ।’ सोमबार नवान्नमा पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले एजेन्सीहरूलाई स्वायत्त बनाउने प्रस्ताव गरिन्l यदि यसो भएमा सबै एजेन्सीहरूले निष्पक्ष रूपमा काम गर्ने उनको भनाई छ। उनले भनिन्, ‘भाजपा सरकारले भारतको संघीय संरचनालाई ध्वस्त गरिरहेको छ। एजेन्सीहरू प्रयोग गरेर राज्यको मामिलामा हस्तक्षेप गर्नु मुख्य काम भएको छ। यी निकायलाई स्वायत्तता दिनुपर्छ।’ मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्रको भाजपा सरकारले समग्र देशमा तुघलक ढंगले शासन गरिरहेको आरोप लगाइन्। ‘राजनीतिक तहमा जुन किसिमको प्रतिशोध इतिहासमा हिटलर, स्टालिन र मुसोलिनीले पनि गरेका छैनन्’, उनले भनिन्, ‘म माफी माग्न चाहन्छु, तर आज देशको हालत देखेर मोदी सरकारले देशलाई बर्बाद गरेको छl रेलदेखि लिएर सबैको निजीकरण भइरहेको छ। यसलाई परिवर्तन गर्न आवश्यक छ, तब मात्र देश बच्नेछ।’
उनले मोदी सरकारमाथि चुनावी मौसमका आधारमा योजनासँग सम्बन्धित घोषणा गर्ने आरोप लगाएकी छन्। एलपीजीमा दुई सय रुपियाँ अनुदान दिने उल्लेख गर्दै यसको फाइदा कतिजनाले पाउनेछन्? भन्ने प्रश्न गरिन्। ‘उज्वलाबाट एलपीजी कनेक्सन लिएका गरिबले आठ सय रुपियाँ दिएर कसरी भर्ने, जब उनीसँग खानेकुरा पनि छैन। त्यसैगरी, उत्तर प्रदेशमा राशन कार्डको बारेमा भनिएको मापदण्डअनुसार, कसैले पनि रासन कार्ड पाउने छैन। त्यसो गर्ने हो भने चुनावअघि किन यो घोषणा गरिएन? भाजपाको उद्देश्य चुनाव हेरेर जनतालाई भ्रममा पार्नु हो’, उनले भनिन्l मुख्यमन्त्री ममता ब्यानर्जीले लालु यादवको छापामारीमाथि प्रश्न उठाइन्। उनले लालु यति दिन जेलमा बसेको बताइन्। ‘अब उनीहरुको विभिन्न ठाउँमा छापा मार्नुको के अर्थ? बिहारको चुनाव नजिकिँदै छ, त्यसैकारण भाजपाले विपक्षीलाई कमजोर बनाउने योजना बनाइरहेको छ? केन्द्र सरकारले के भन्नसक्छ भाजपाका कति नेता पक्राउ परेका छन्’, उनले भनिन्l









