३ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा शुक्रवार केवल एउटा म्याच खेलियो। लेबोंगको गोर्खा स्टेडियममा भएको पूल डी-को म्याचमा ग्लेनबर्न युनाइटेड फूटबल क्लबले भाह तकभर फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सागर शेर्पाले २ अनि आदर्श सुब्बाले १ गोल गरे। यसरी नै बिजनबारी फूटबल क्लबको टीम समयमा नाउँदा ग्रुप सी-को म्याचमा भूटिया बस्ती फूटबल एकाडमीले वक्ओभर पायो।









